नेपाल विद्युत प्राधिकरणको रौताहट मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीमाथि कुटपिट गर्ने विरूद्ध उजुरी प्रहरीले दर्ता नगरेको उल्लेख गरिएको छ।
उनीहरूलाई कारबाही नभएसम्म मौलापुर वितरण केन्द्रले प्रवाह गर्दै आएका अत्यावश्यक बाहेक सेवा बन्द रहने केन्द्रले जनाएको छ।
कुटपिटमा संलग्न व्यक्तिलाई कारवाहीको माग राखि प्राधिकरणको स्थानीय कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालय रौताहटमा फागुन ८ गते नै उजुरी पेश गरिएको उल्लेख छ। तर हालसम्म दर्ता नै नभएको केन्द्रको गुनासो छ।
यसअघि मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर चौधरीलाई अपहरण शैलीमा जबरजस्ती गाडीमा राखेर अनधिकृत रूपमा बिजुलीको लाइन जडान गर्न लगाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको थियो।
उनीमाथि कुटपिट समेत भएको प्राधिकरणको भनाइ थियो। कुटपिटमा संलग्न व्यक्तिलाई कारबाही हुनुपर्ने माग प्राधिकरणको थियो।