सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ-रिक्सा ब्याट्रीको बिक्री-वितरण सुरू गरेको छ। कम्पनीले एक्साइड ब्रान्डको ब्याट्रीको बिक्री सुरू गरेको हो।
एक्साइड ब्रान्डको इ-रिक्सा ब्याट्रीमा १५ महिनाको वारेन्टी दिइएको छ।
विश्व प्रसिद्ध एक्साइड ब्रान्डको इ-रिक्सा ब्याट्रीहरू फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकाले सिधा जडान गर्न सकिनेछ।
साथै विशेष अलोइ प्रणाली भएका यी ब्याट्रीहरूले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन।
यसैगरी यिनीहरूमा 'रगेड ट्युबलर पोजिटिभ प्लेट'को विशेषता भएकाले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्छ। आफ्नो उत्कृष्ट रसायनिक एवम् अन्य गुणहरूका कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी विश्वस्त छ।
कम्पनीका अनुसार कुनै पनि पुराना ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्।