इ-सेवा मनी ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियान प्रवर्द्धनका लागि दयाहाङ राई युएई जाँदैछन्। उनी इ-सेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो हुन्।
इ-सेवा मनि ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियान अन्तर्गत इमिरेट्स एक्सचेन्ज र इ-सेवा मनिट्रान्सफरको निम्तोमा ब्रान्ड हिरो दयाहाङ राई शुक्रबार (मार्च ३) युएई जान लागेका हुन्।
युएई प्रस्थान पश्चात शुक्रबार नै राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा-३ शाखामा बेलुकीको ६ बजेदेखि ७ बजेसम्म, मार्च ४ शनिबार दुबईस्थित सोनापुर शाखामा बिहानको ११ बजेदेखि १२ बजेसम्म, जेबेल अली शाखामा साँझको ५ बजेदेखि ६ बजेसम्म र ग्रान्ड हाइपर शाखामा बेलुकीको ६ः३० देखि ७ः३० बजेसम्म नेपाली रेमिटेन्स सेवाग्राही तथा त्यहाँ कार्यरत इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरूसँग भेट तथा अन्तर्क्रिया गर्नेछन्।
त्यस्तै मार्च ५, आइतबारका दिन अबुधावीस्थित मफराक सेन्टरमा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म भेट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको इ-सेवा मनी ट्रान्सफरले जनाएको छ।
देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालीहरूसँग भेट्न आफू निकै उत्साहित रहेको अभिनेता राईले बताए। कार्यक्रममा उनी डिजिटल रेमिटेन्स सम्बन्धी अन्तर्क्रिया गर्नेछन्।
इ-सेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिटेन्स भित्राउन विभिन्न कार्यक्रम गर्नुका साथै यस अभियानमा सहभागीहरूलाई विभिन्न उपहार समेत दिइरहेको छ।
'मेरो डिजिटल देश' योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिटेन्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इ-सेवा मनि ट्रान्सफरले अघि सारेको छ।
इमिरेट्स एक्सचेन्ज सन् १९८० मा स्थापित भएर युएईमा बैंक ट्रान्सफर, अन्तर्राष्ट्रिय मुद्रा एक्सचेन्ज, मोबाइल मनी ट्रान्सफर, लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरू प्रदान गर्दैछ।
इ-सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ-सेवा वालेटका ६८ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।
इ-सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इ-सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इ-सेवा मनि ट्रान्सफर एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।