नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने बताएका छन्।
ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन्।
उद्योग, व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरूआती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ।
दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यवसायिक गतिविधी ठप्प भएको बताए।
‘ब्याजदर १६ प्रतिशत सम्म कायम छ। ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ,’ उनले भने।
बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हु“दा पनि ऋणीहरु मर्कामा परेको उनले बताए। आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायित्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक भएको उनको तर्क छ।
उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नया“ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको मल्लले जोड दिए। कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने उनको भनाई छ।