विद्युतीय कारोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सामग्री खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट अफर अन्तर्गत ग्राहकहरूले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँ प्रति कारोबार र अफर अवधिभर तीन सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआइसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (एचआइ एमबी), नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।