नेपाल आयल निगमले पम्प सञ्चालकलाई सुरक्षा तथा मापदण्डसम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ।
निगमले आज काठमाडौं उपत्यकामा रहेको पेट्रोल पम्पहरूका सञ्चालकहरूलाई पम्पको सुरक्षा एवं मापदण्ड सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममा निगमका आपूर्ति विभागका निर्देशक विरेन्द्र गोइत, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले मन्तव्य राखे।
यस्तै, निगमका गुणस्तर विभागका निर्देशक दिपक बरालले प्रस्तुतीकरण दिए।
उक्त कार्यक्रममा करिब ६० जनाको सहभगिता रहेको थियो।
निगमले आगामी दिनमा यस्तो कार्यक्रम सबै डिपोहरूमा गर्ने योजना बनाएको समेत जनाएको छ।