त्रिविले विद्यालय स्तरमै 'सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन' विषय समावेश गर्ने भएकाे छ।
सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्दको अभियान सशक्त बनाउन प्राथमिक तहबाटै विद्यार्थीलाई शिक्षित गर्दै लानुपर्ने आवश्यकता महशुस भएसँगै उक्त विषय समावेश गर्ने भएकाे हाे।
त्रिभुवन विश्वविद्यालयको यस संस्थाले आयोजना गरेको एक कार्यक्रमको अवसरमा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरूले उक्त विषय उठाएका हुन्।
यस संस्थाले स्नातकोत्तर तह पहिलो शैक्षिक शत्रका विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरूले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारको क्रमसँगै सुशासनलाई पनि सँगै सुधार गर्दै लान सकियो भने दिगो रुपमा आर्थिक विकास गर्न सहयोग पुग्ने उनीहरूले बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका डिन प्रा डा कुशुम शाक्यले संसारभरी नै सुशाशनको महत्व बढ्दै गएको र यसले समग्र विकासमा ठूलो सहायोग पुग्ने र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महशुस गरी यस्तो विषय त्रिभुवन विश्वविद्यालयले सुरू गरेको बताइन्।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालय सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थसास्त्र विभागका सहप्राध्यापक डा रमेश पौडेलले कुनै पनि असल व्यक्ति र शैक्षिक संस्थाले देशमा सुशासन स्थापना गर्न र भ्रष्टाचार विरोधी चेतनाको विकास गर्न योगदान गर्नुपर्ने बताउँदै आवश्यक परे त्रिभुवन विश्वविद्यालयले यो अध्ययनलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नु पर्नेमा जोड दिए।