पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घटाएको हो।
पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ घटाएको छ।
पेट्रोल ९८ र डिजल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ अब किन्न सकिनेछ। यस अघि पेट्राेल सय र डिजल र मट्टितेल ७६ रुपैयाँ थियो।
मुल्य घटेसँगै अब खाना पकाउने ग्यास प्रतिसिलिण्डर १३ सय ५० रुपैयाँ कायम भएको छ। यस अघि ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ थियो।
मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा लिटरको ७ रुपैयाँ ३० पैसा डिजेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, मटितेलमा १८ रुपैयाँ नाफा हुने आयल निगमले जनाएको छ।