व्यास नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ का लागि रु ८० करोड ७१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले आधुनिक कृषिसम्बन्धी कार्यक्रम, फोहोर मैलाको दिगो व्यवस्थापन, ऊर्जाको संकट न्यूनीकरण र जनसहभागितामा आधारित योजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताए।
उनले दमौली–नवलपरासी जोड्ने द्रुतमार्ग निर्माण, राष्ट्रिय गौरवको जलविद्युत् आयोजना समयमै निर्माण अघि बढाउन समन्वय गर्ने, महिला बालबालिकाको क्षमता वृद्धि, सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नेलगायत कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको बताए। रासस