सिजी लर्निङले प्रस्तुत गरेको ‘द बिजनेस बुट क्याम्पका लागि आवेदन खुलेको छ। यो हाई स्कुल पास गरेका र स्नातक पढ्दै गरेका बिद्यार्थीहरुको लागि क्लब हिमालय नगरकोटमा हुने ४ दिवसीय कार्यक्रम हो।
ग्लोकल प्रालिद्वारा संचालित ग्लोकल आफ्टर स्कुलले यो कार्यक्रम आयोजना गरेको हो। उद्योगको व्यवहारिक पक्ष र शिक्षाको बीचमा रहेको सिप अन्तरलाई हटाउन शिक्षासँगै व्यवहारिक मानव संसाधनको उत्पादन गर्नु यसको प्रमुख उद्देश्य रहेको स्कुलले जनाएको छ।
चार दिने कार्यक्रममा अतिथि वक्ताको उपस्थितिमा व्यापार योजना बनाउने, चिन्तन, लेखन, प्रस्तुती र आइडिया पिचिङका कार्यहरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा १५ जना आवेदकको लागि पूर्ण रुपले निशुल्क हुने र छनौट भरिएको आवेदन फर्मको आधारमा हुने बताइएको छ। उत्कृष्टलाई पुरस्कृत गरी सहयोग समेत प्रदान गरिने आयोजकको भनाइ छ। भदौ ३१ सम्म आवेदनको मिति तय गरिएको छ।