मिटर रिडिङ भएको ६० औं दिनसम्म विद्युत महसुल नबुझाए नेपाल विद्युत प्रधिकरणले बिना सूचना विद्युत लाइन काट्ने भएको छ।
विद्युत महशुल विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महशुल बुझाउनुपर्ने भए पनि केही ग्राहकले यसलाई बेवास्ता गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै अबको १५ दिन भित्र बाँकी महशुल नबुझाउनेको लाइन काटी सोको बिवरण नेपाल विद्युत प्रधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपलब्ध गराउन सम्बन्धित कार्यलयलाई निर्देशन समेत दिएको छ।
लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले कडाई गर्न लागेको हो। यसअघि उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बाँकी रहेको विद्युत महशुल उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए।