नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा पुष्पराज आचार्य विजयी भएका छन्। शुक्रबार सम्पन्न सेजनको १८ औं वार्षिक साधरणसभाले आचार्यको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित गरेको हो।
दि हिमालय टाइमस दैनिकमा कार्यरत आचार्यले आफ्ना प्रतिस्पर्धी मोदनाथ ढकाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्छ। २४६ मतदाता रहेको सेजनको नयाँ नेतृत्वकाे लागि भएको निर्वाचनमा २२७ मत खसेको थियो जसमा आचार्यले ११८ र ढकालले १०६ मत ल्याएका थिए। ढकाल दि राइजिङ नेपालमा कार्यरत छन्। आचार्य यसअघि उपाध्यक्ष र ढकाल महासचिव थिए।
२ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको सेजनको उपाध्यक्षमा बिजमाण्डूमा कार्यरत प्रभात भट्टराई विजयी भएका छन्। उनले १३७ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी बिजखबरका रामराजा श्रेष्ठले ८८ मत पाएका थिए।
त्यस्तै महासचिवमा भीम गौतम १०६ मतका साथ विजयी भएका छन्। महासचिवका अन्य प्रतिस्पर्धीहरु जनार्दन बराल ७० र अनुजराज ढुंगेलले ४९ मत पाएका थिए। गौतम कारोबार दैनिकमा कार्यरत छन्। त्यस्तै सचिवमा सुजन ओली १३० मतका साथ विजयी भए भने प्रतिस्पर्धी नविन अर्यालले ९२ मत पाए। कोषाध्यक्षमा भागवत भट्टराई १२३ मत ल्याएर बिजयी हुँदा निकटतम प्रतिस्पर्धी सरस्वती ढकालले ९८ मत ल्याएकी छन्।
सदस्यहरुमा एलिजा उप्रेती,हिमाल पौडेल,सागर घिमिरे, कृष्ण रिजाल, शिव बोहरा बिजयी भएका छन्।