सडकमा धुलो कम गर्न ललितपुर महानगरले यथावत स्रोतसाधानको अधिकतम प्रयोग गरिरहेको जानकारी दिएको छ। तत्काल नयाँ स्रोतसाधन थप गर्न नसकिने भएपनि भएकैबाट सडकमा धुलो कम गर्न काम अगाडि बढाइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
हाल महानगरले ललितपुरका मुख्य सडकमा स्वेर जेटर मेसिनबाट पानीले धुलो बगाउन थालेको उनले बताए। महानगरसँग भएका दुईवटा यसता मेसिनबाट कुपुन्डोलदेखि कुमारीपाटीसम्म सफा गर्ने गरिएको छ।
त्यस्तै मंगलबजार क्षेत्रमा मेलम्चीको पाइप राख्न खनिएकोले महापालसम्ममात्र त्यसरी सफा गर्ने गरिएको महर्जनले जानकारी दिए।
उता चक्रपथमा निर्माणकार्य जारी रहेकोले सफा गर्न नमिल्ने र मेसिन पनि दुइवटामात्र भएको र महानगरले थप जेटर मेसिन ल्याउने प्रक्रिया अगाडि बढाएको महर्जनले जानकारी दिए।