आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गत वर्षको समिक्षा अवधिको तुलनामा २४ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ रहेकोमा ५१ अर्ब ६२ करोड ९७ लाख संकलन भएको छ। जुन गत वर्षको असोजसम्मको असुलीको तुलनामा २४ प्रतिशतले बढी हो।
शिर्षकअन्तर्गत आयकर तर्फ २० अर्व ७३ लाख, मूल्य अभिवृद्धि करतर्फ १८ अर्ब ३२ करोड २७ लाख र अन्तःशुल्क तर्फ १२ अर्ब ८१ करोड ९३ लाख संकलन भएको छ।
सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो। त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख ८४ हजार र २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ।
गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ।
आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४÷७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ।
आन्तरिक राजस्व विभागमा आयोजित मासिक समीक्षा कार्यक्रममा महानिर्देशक किशोरजंग कार्कीले आर्थिक वर्षको शुरुका २ महिना राजस्व संकलनमा केही समस्या भए पनि अहिले लक्ष्य पूरा भएको उल्लेख गरे।
असोज महिनामा धेरै विदा हुँदा हुँदै पनि कर प्रशासनको सक्रियताले लक्ष्य पूरा भएको उनको भनाइ थियो। विभागलाई प्राप्त ३ सय अर्वको असुलीको लक्ष्यमा अझै २० प्रतिशत बढी संकलन गर्नका लागि सक्रिय भएर लागि पर्न भन्दै महानिर्देशक कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन निर्देशन दिए।
कार्यक्रममा विभागका अनुगमन शाखा निर्देशक महाराज कोइरालाले कात्तिक महिनाको लक्ष्य महत्वाकांक्षी रहेकोले असुलीलाई प्राथमिकतामा राख्न आग्रह गर्दै थप सम्भावना भएका अन्तःशुल्क, मूल्य अभिबृद्धि कर तथा अग्रिम कर कट्टीको क्षेत्रमा विशेष निगरानी राख्न सुझाव दिए।
त्यसैगरी ठूला तथा नियमित क्रेडिट विवरण पेश गर्ने करदाताको चालु वर्षको कारोबार परीक्षण गर्ने, मू.अ.कर तथा आयकर बक्यौता असुलीमा विशेष जोड दिने, पूनः कर निर्धारण गरी कर असुली तथा बेरुजु सम्परीक्षणमा विशेष ध्यान दिन एवं व्यापार मेला दर्ता तथा अनुगमन गर्ने कार्यमा जोड दिनुपर्ने उनको भनाइ छ।
२०७४/७५ असोजसम्मको प्रगति (रु.हजारमा)
|
शीर्षक
|
वार्षिक लक्ष्य |
असोज महिनासम्मको |
प्रगति प्रतिशतमा |
वृद्धिदर प्रतिशतमा |
लक्ष्य |
प्रगति |
आयकर |
149716995 |
16468870 |
15433438 |
93.17 |
7.78 |
वहालकर |
4919874 |
934775 |
1066027 |
114.04 |
20.51 |
व्याजकर |
12560697 |
3140174 |
3507917 |
111.71 |
75.72 |
आयकर जम्मा |
167197566 |
20543819 |
20007382 |
97.39 |
16.32 |
मू.अ.कर |
73853965 |
17724952 |
18322752 |
103.37 |
24.69 |
अन्तःशुल्क |
56600276 |
12452061 |
12819338 |
102.95 |
37.26 |
शिक्षा सेवा शुल्क |
991535 |
381121 |
277957 |
72.93 |
14.95 |
स्वास्थ्य सेवा शुल्क |
1270403 |
237969 |
202284 |
85 |
16.27 |
जम्मा |
299913745 |
51339922 |
51629713 |
100.56 |
23.96 |