१३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन मङ्सिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मङ्सिर ११ गतेदेखि नै सुरु हुनेछ। भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कर्भडहलमा हुनेछ ।
यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा विभिन्न २६ खेलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ। जसमा आर्चरी, जुडो, क्रिकेट, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिन, फेन्सिङ, ह्याण्डबल, स्क्वास, गल्फ, उसु, तेक्वान्दो, टेनिस, सुटिङ, खोखो, पौडी र टेबल टेनिस छन्।
त्यसैगरी एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, भारोत्तलन, कुस्ती र ट्रायथोलन रहेका छन्। नेपालले यी सबै खेलमा सहभागिता जनाउनेछ । यसअघि २७ खेलमा सहभागिता जनाउने भनिए तापनि प्याराग्लाइडिङ खेल सागमा समावेश नभएपछि २६ खेलको टुङ्गो लागेको हो ।
सागको नियमानुसार प्रतियोगिता सञ्चालनका लागि कम्तीमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल नहुने निश्चित भएको हो।
सागअन्तर्गका खेल पोखरामा आठ, जनकपुरमा एक र काठमाडौँमा २१ खेल हुनेछ। आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्याण्डबल, ट्रायथोलन, भलिबल र भारोत्तलन गरी आठ खेल पोखरामा हुनेछ भने कुस्ती खेल जनकपुरमा हुनेछ। बाँकी सबै खेल काठमाडौँमा हुनेछ।
कुन खेल कहाँ कहिले हुँदैछ?
आर्चरी - मङ्सिर १५ देखि २३ गतेसम्म - पोखरा रंगशाला
एथलेटिक्स - १७ गतेदेखि २१ गतेसम्म - दशरथ रंगशाला
बास्केटबल - १९ गतेदेखि २४ गतेसम्म - त्रिपुरेश्वर कबर्ड हल
बक्सिङ - १६ गतेदेखि २४ गतेसम्म -कराते हल सातदोबाटव
पुरुष क्रिकेट - १७ देखि २४ गतेसम्म - त्रिवि मैादन कीर्तिपुर
महिला क्रिकेट - १६ देखि २३ गतेसम्म - पोखरा क्रिकेट मैदान
साइक्लिङ - १७ देखि २१ गतेसम्म - बागडोल
फेन्सिङ - २० देखि २३ गतेसम्म - नयाँ बजार कीर्तिपुर
पुरुष फुटबल - १५ देखि २४ गतेसम्म - दशरथ रंगशाला
महिला फुटबल - १६ देखि २४ गतेसम्म - पोखरा रंगशाला
गल्फ-- १६ देखि १९ गतेसम्म - गोकर्ण गल्फ क्लब
ह्याण्डबल - १८ देखि २३ गतेसम्म - पोखरा कबर्ड हल
जुडो - २१ देखि २४ गतेसम्म - आर्मी कबर्ड हल, लगनखेल
कबड्डी - १८ देखि २३ गतेसम्म - हल्चोक कबर्ड हल
कराँते - १५ देखि १८ गतेसम्म - कराँते कबर्ड हल सातदोबाटो
खोखो - १५ देखि १८ गतेसम्म - नयाँ बजर कीर्तिपुर
सुटिङ - १७ देखि २२ गतेसम्म - सुटिङ रेञ्ज सातदोबाटो
स्क्वास - २० देखि २४ गतेसम्म - स्क्वास हल सातदोबाटो
पौडी - १९ देखि २३ गतेसम्म - पौडी कम्प्लेक्स सातदोबाटो
तेक्वान्दो - १६ देखि १९ गतेसम्म - तेक्वान्दो हल सातदोबाटो
टेनिस - १६ देखि २३ गतेसम्म - टेनिस कोर्ट सातदोबाटो
ट्रायथोलन - १६ देखि १८ गतेसम्म - पोखरा
भलिबल - ११ देखि १७ गतेसम्म - त्रिपुरेश्वर कबर्ड हल
भारोत्तलन - १९ देखि २२ गतेसम्म - पोखरा
कुस्ती - २० देखि २३ गतेसम्म - जनकपुर कबर्ड हल
उसु - १६ देखि १९ गतेसम्म - आर्मी कबर्ड हल लगनखेल
टेबल टेनिस - १६ देखि २० गतेसम्म - लैनचौर कबर्डहल
सागमा नेपालबाट ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ।
तीमध्ये पुरुष ३१२ र महिला २८७ खेलाडी रहेका छन्। सागको राष्ट्रिय टिम तयारी समितिले आयोजकको नाताले टिम र पदक जित्ने खेलको अवस्था हेरेर खेलमा खेलाडी थपघट गर्न भने सक्नेछ।