१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतीय आर्चरी खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने भएका छन्।
मंसिर १५ गते देखि हुने सागअन्तर्गतको आर्चरी प्रतिस्पर्धा पोखरामा हुने तय छ।
विश्व आर्चरीबाट निलम्बनमा परेको आर्चरी एसोसिएसन अफ इन्डियालाई दक्षिण एसियाली आर्चरी महासंघले सागमा सहभागी गराउन अस्वीकार गरेको हो।
महासंघको यसै साता ढाकामा बसेको बैठकले भारतीय खेलाडीलाई सागमा भाग लिन अनुमति नदिएको हो।
विश्व आर्चरीले भारतीय आर्चरीलाई आफूअन्तर्गतका प्रतियोगितामा भाग लिन नपाउने गरी निलम्बन गरको थियो। त्यसैले दक्षिण एसियाली आर्चरी संघले पनि विश्व आर्चरीको निलम्बनलाई सदर गरेको हो।
यद्यपी दक्षिण एसियाली आर्चरी महासंघले भारतीय आर्चरी खेलाडीहरुलाई विश्व आर्चरीअन्तर्गत रहने गरी अरु प्रतियोगितामा सभागिता गराउन भने पहल गर्ने भएको छ। जसले गर्दा भारतीय आर्चरी खेलाडीहरुले टोकियो ओलम्पिकमा भने खेल्न पाउने सम्भावना छ।
१२ औं सागमा भारतले आर्चरीमा १० स्वर्ण नै जितेर स्वर्णमा क्लिन स्विप गरेको थियो। बंगलादेशले ३ रजत र ३ कास्य पदक हात पारेको थियो। यसैगरी श्रीलंकाले २ रजत हात पार्दा भुटानले १ रजत र ४ कसया जितेको थियो। नेपालले भने १ कास्य पदक मात्र हो।
अघिल्लो संस्करणमा सबै स्वर्ण जितेको भारतले यसपटक सहभागिता नजाउदा अरु देशलाई सहज हुने देखिएको छ।