नेपालले तेस्रो पटक आयोजना गर्न लागेका १३ औँै दक्षिण एशियाली खेलकूद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ।
मङ्सिर १५ गते हुने उद्घाटनमा राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए। २४ गते हुने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
नेपालले यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा तेस्रो साग (तत्कालीन दक्षिण एशियाली महासङ्घीय खेलकूद–साफ) को आयोजना गरिसकेको छ।
यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने सागअन्तर्गतको खेल काठमाडौँमा २१, पोखरामा आठ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ।