१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारबाट भलिबलका प्रतिस्पर्धा सुरु हुँदैछ।
आगामी आइतबार सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबलका प्रतिस्पर्धा चार दिनअघि नै सुरु हुन लागेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा हुने भलिबलको प्रतिस्पर्धाअन्तर्गत नेपाल पुरुषमा समूह 'ए' मा छ। नेपालसहित यो समूहमा बंगलादेश र भारत छन्।
नेपालले पहिलो खेल बुधबार साँझ ७ बजे बंगलादेशसँग खेल्नेछ।
त्यसअघि नेपाली महिला टिमले बंगालदेशसँग नै खेल्ने कार्यक्रम छ। खेल दिउँसो ३ बजे हुनेछ।
नेपाल रहेको महिलाको समूहमा बंगलादेश र भारत नै छन्।
भलिबलमा भारत दक्षिण एसियाको पावर हाउस हो। भारतपछि श्रीलंकाले बलियो टिममा पर्छ।
सन् २०१६ को सागमा भारतले महिला तथा पुरुष दुवै इभेन्टमा स्वर्ण जितेको थियो। श्रीलंका दुवैमा रजतमा सीमित बनेको थियो।
नेपाल महिला टिमले कास्य जित्दा पुरुष टिम पदकबिहीन बनेको थियो।
खेल तालिका