१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले सानदार सुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट र दोस्रो सेट २५-९ ले जितेको नेपालले तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको हो।
१३ औं सागको नेपाल रहेको महिलाको समूहमा बंगलादेश र भारत छन्।
भलिबलमा भारत दक्षिण एसियाको पावर हाउस हो। भारतपछि श्रीलंकाले बलियो टिममा पर्छ।
सन् २०१६ को सागमा भारतले महिला तथा पुरुष दुवै इभेन्टमा स्वर्ण जितेको थियो।
श्रीलंका दुवैमा रजतमा सीमित बनेको थियो।
सबै तस्बिरहरू : नारायण महर्जन