१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको खेल तालिका परिवर्तन भएको छ। भारतले भाग नलिने भएपछि पुरुष फुटबल राउन्ड रोबिनको आधारमा हुने भएको छ।
फुटबलमा भारतसँगै पाकिस्तान पनि सहभागी छैन।
अब आयोजक नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानका यु-२३ टिमले एक अर्कासँग खेल्नेछन्। समूहका शीर्ष दुई टिमबीच उपाधिका लागि भिडन्त हुनेछ।
फुटबलको पहिलो खेल दशरथ रंगशालामा बंगलादेश र भुटानबीच मंसिर १६ गते १ बजे हुनेछ। त्यहि दिन माल्दिभ्स र श्रीलंकाबीच ५ बजे खेल हुनेछ।
नेपालको पहिलो खेल मंसिर १७ गते भुटानसँग दिउँसो १ बजे हुनेछ।
महिला फुटबल पोखरा रंगशालामा हुने तय छ। महिला फुटबलमा चार टिम मात्र छन्। नेपालसहित भारत, श्रीलंका र माल्दिभ्सका टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपालको पहिलो खेल श्रीलंकासँग हुनेछ।