१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ।
नेपाललाई बिहीबार भएको खेलमा भारतले ३-० को सोझो सेटमा पराजित गरेको हो।
नेपाल पहिलो सेटमा अग्रता लिएर पनि जित निकाल्नबाट चुक्यो। २३-२४ को अवस्थामा लगातार ३ अंक गुमाउँदा नेपालले २४-२६ ले पहिलो सेट गुमायो।
दोस्रो र तेस्रो सेटमा भने नेपालमाथि भारत हाबी भयो। दोस्रो सेट २५-१२ ले जितेको भारतले तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गर्यो।
महिला भलिबलको समूह 'ए' मा रहेको नेपालले बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० ले पराजित गरेको थियो।
अब भारतले बंगलादेशलाई हराए नेपाल उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ।