१३ औँ साग खेलकुद अन्तर्गत महिला भलिबल तर्फ नेपाल सेमिफाइलनमा प्रवेश गरेको छ।
नेपाल समूह ए को उपवजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। भारतले बंगलादेशलाई ३ - ० को सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइलनमा स्थान बनाएको हो।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३ - ० को सेटमा पराजित गरेको थियो। तर बिहीबार नेपाल भारतसँग ३ - ० ले स्तब्ध हुन पुगेको थियो।
नेपालले अब सेमिफाइलनमा समूह बी को विजेतासँग प्रतिष्पर्धा गर्नेछ।