१३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन हुन अब २ दिन मात्र बाँकी रहदा 'हिटिङ' पौडी पोखरीको निर्माण अझै सकिएको छैन।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण भइरहेको पौडी पोखरीमा पानी हालिएको छैन भने खेलाडीका लागि चाहिने स्ट्याण्ड लगायतका प्राविधिक पक्ष जडान भएका छैनन्।
पोखरी बाहिरको क्षेत्रमा टायाल हाल्ने काम धमाधम निर्माण भइरहेको छ भने चेन्जिङ रुम र दर्शक बस्ने स्थानको निर्माण सकिएको छैन।
पौडी पोखरीको काममा खटिएका सब इन्जिनियर कर्मा शाहीका अनुसार पोखरीमा शुक्रबार राती पानी हाल्ने तयारी गरिएको छ।
उनका अनुसार पोखरीमा १३ लाख लिटर पानी हालिनेछ। त्यसका लागि रिजर्भ ट्यांकीमा पानी हालिएको उनको भनाइ छ। पानी तातो पारेर शुक्रबार राति हालेपछि 'हिटिङ' प्रणालीको परिक्षण हुनेछ।
हिटिङ प्रणाली भने जडाइ भइसकेको शाहीले बताए। हिटिङ प्रणाली नेपालमा पहिलो पटक जडान हुन लागेको हो।
पौडीको प्रतिस्पर्धा मंसिर १९ गतेदेखि हुने तय छ।
पौडी पोखरी बाहिरको स्थिति भने गञ्जागोल छ। जसका कारण पोखरी वरीपरीको क्षेत्र धुलाम्मे भएको छ।
नजिकै रहेको सागको करातेको भेन्यूलाई समेत असर गरेको छ। करातेका लागि ल्याइएका कार्पेट र हल वरिपरिको क्षेत्र धुलाम्मे भएको छ।
हेर्नुस् तस्बिरहरू: