१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलबिलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।
समूह 'ए' को खेलमा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा भएको खेलमा दोस्रो खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा पराजित गर्यो।
पहिलो सेट १५-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि राम्रो खेल्न सकेन। दोस्रो सेटमा नेपाल २५-१३ ले पराजित भयो।
तेस्रो सेटमा नेपाल २५-१६ ले पराजित भएसँगै समूह चरणबाटै बाहिरियो।
यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो। प्रतिस्पर्धात्मक पहिलो खेलमा दुई पटक अग्रता लिएर पनि पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावन कठिन बनेको थियो।
यो समूहमा भारत लगातार दुई खेल जितेर विजेता र बंगलादेश उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन्।