१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ।
शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो।
भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को जित निकालेको भारतले तेस्रो सेट पनि २५-१६ ले सहज रुपमा जित्यो।
महिला भलिबलको दोस्रो सेमिफाइनलमा केहिबेरमा नेपाल र श्रीलंकाबीच खेल हुँदैछ। श्रीलंकालाई हराउन सके पहिलो पटक फाइनलमा पुग्नेछ।