१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतबार औपचारिक उद्घाटनपछि सोमबारदेखि खेलहरू सुरु हुँदैछन्।
सोमबार नेपालले आसा गरेका तेक्वान्दो र करातेका प्रतिस्पर्धा हुनेछन्।
सातदोबाटोस्थित कराते कबर्ड हलमा सोमबार काताका ४ स्वर्ण र फाइटका ५ स्वर्ण गरी ९ स्वर्णका लागि भिडन्त हुनेछ।
कातातर्फ महिला र पुरुषको व्यक्तिगत इभेन्टका प्रतिस्पर्धा हुनेछ। यस्तै काताकै महिला र पुरुषको टिम इभेन्टमा पनि प्रतिस्पर्धा हुनेछ।
यी पनि : करातेले दोहोर्याउला २० वर्षअघिको इतिहास?
तेक्वान्दोमा स्वर्णबिनाको पदक के पदक!
त्यसपछि कुमिते (फाइट) का इभेन्ट हुनेछन्। पुरुषमा ५४ केजी, ८४ केजी र ८४ केजी माथि तथा महिलामा ४५ केजी र ५० केजीको स्वर्णमा प्रतिस्पर्धा हुनेछ।
यस्तै तेक्वान्दो हलमा १३ वटा स्वर्णको टुंगो लाग्नेछ।
तेक्वान्दोको पुम्सेतर्फका सबै स्वर्णको टुंगो एकै दिन लाग्ने भएको हो। पुम्सेतर्फ सागमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
सोमबार करातेमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी
५५ केजी - लक्ष्मण तामाङ
८४ केजी तल - दिवस श्रेष्ठ
८४ केजी माथि - विप्लवलाल श्रेष्ठ
४५ केजी - कुसुम खड्का
५० केजी - अनु अधिकारी
व्यक्तिगत काता महिला
चञ्चला दनुवार
टिम काता महिला
संगिता मगर
निर्मला तामाङ
सरु कार्की
व्यक्तिगत कता पुरुष
मण्डेकाजी श्रेष्ठ
टिम काता पुरुष
मण्डेकाजी श्रेष्ठ
महसुस तामाङ
प्रविण मानन्धर
तेक्वान्दो पुम्सेमा १३ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी
पुम्से व्यक्तिगत (१८ देखि २३ वर्ष )
कृष्णबहादुर तामाङ पुरुष
सिना मादेन लिम्बु महिला
पुम्से व्यक्तिगत (२४ देखि २९ वर्ष )
कमल श्रेष्ठ पुरुष
पार्वती गुरुङ महिला
पुम्से व्यक्तिगत (३० वर्ष माथि )
रेजिन रिमाल पुरुष
आयशा शाक्य महिला
पुम्से जोडी (१८ देखि २३ वर्ष )
अस्मिन राउत पुरुष
सिना मादेन लिम्बु महिला
पुम्से जोडी (२४ देखि २९ वर्ष)
जितबाहदुर बोट पुरुष
पार्वती गुरुङ महिला
पुम्से जोडी (३० वर्षमाथि)
सन्जिवकुमार ओझा पुरुष
आयशा शाक्य महिला
पुम्से टिम महिला (१८ देखि २३ वर्ष)
सन्जिला तिमिल्सिना
निशा दर्नाल
स्वस्तिका तामाङ
पुम्से टिम पुरुष (१८ देखि २३ वर्ष)
अस्मिन राउत
शिशिर श्रेष्ठ
दीपेन्द्र गुरुङ
पुम्से टिम महिला (२४ देखि २९ वर्ष)
निता गुरुङ
प्रशंसा क्षेत्री
सुशीला राई
पुम्से टिम पुरुष (२४ देखि २९ वर्ष )
कमल श्रेष्ठ
जितबहादुर बोट
प्रेमकुमार लिम्बु