राजधानीमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत कराँतेको व्यक्तिगत काता तर्फ नेपालले मेडल जित्ने निश्चित भएको छ। व्यक्तिग काता महिला तर्फ चञ्चला दनुवार फाइलनमा पुगेकी हुन्। नेपाल विजेता भए स्वर्ण जित्नेछ भने उपविजेता भए रजत पदक जित्नेछ।
नेपाल रहेको समूहमा उनले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पारेकी हुन्। चञ्चलाले आफ्नो समूह तर्फ २४.२ अंक प्राप्त गरिन्।
फाइलनमा नेपालको भिडन्त पाकिस्तानसँग हुने भएको छ। पाकिस्तानकी साइदा २४.८२ अंकसाथ फाइनलमा प्रवेश गरेकी हुन्।
फाइनल खेल केहिबेरमा हुनेछ।