दक्षिण एसियाली खेलकुद(साग)मा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको महिला तर्फको खेलमा सोनी गुरुङले स्वर्ण जितेको कोच सानुभाई पौडेलले जानकारी दिए।
सोनीले भारतीय खेलाडीलाई पराजित गरेकी हुन्।
ट्रायथलनमा साइक्लिङ, म्याराथन र स्वमिङ गर्नुपर्छ। फेवातालमा स्विमिङ गर्नेगरि खेलस्थल निर्माण भएको थियो ।