१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७-२३ वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन्।
सिनाले भारतकी रुपा बायोरलाई पराजित गर्दै तेक्वान्दोबाट नेपाललाई दोस्रो स्वर्ण दिलाएकी हुन्।
सिनाले ८.१५० अंक ल्याइन्। भारतकी रुपाले ८.१३० अंक प्राप्त गरिन्।
यो स्पर्धामा नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी थिए।
यसअघि तेक्वान्दोको पम्सैबाटै २४-२९ वर्ष विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका थिए।
योसहित नेपालको स्वर्ण संख्या पाँच पुगेको छ।
नेपालले कराँतेबाट २ र ट्राइथलबाट १ स्वर्ण जितिसकेको छ।