१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको काता विधामा नेपालले ४ मध्ये ३ स्वर्ण जितेको छ। पुरुष टिम कातामा स्वर्ण जितेसँगै नेपालले कातामा ३ स्वर्ण जितेको हो।
पुरुष टिम कातामा मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की थिए। सोमबार भएको प्रतिस्पर्धामा नेपालले २५.५४ अंक जोड्दै स्वर्ण हात पार्यो। दोस्रो भएर रजत जितेको श्रीलंकाले २५.२८ अंक जोड्यो।
नेपाललाई मण्डेकाजी श्रेष्ठले व्यक्तिगत कातामा पहिलो स्वर्ण दिलाएका थिए। त्यसपछि महिला टिम काताले नेपाललाई दोस्रो स्वर्ण दिलायो। महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए।
योसँगै आयोजक नेपालले स्वर्ण संख्या ६ पुगेको छ।
नेपाली टिम काताले समूह चरणमा २५.१४ अंक ल्याएर फाइनलमा स्थान बनाएको थियो।
यसअघि व्यक्तिकगत महिला कातामा चञ्चला दनुवार स्वर्णबाट चुक्दा नेपालले काता विधामा एक स्वर्ण गुमायो। चञ्चलाले रजत हात पारिन्। चञ्चला पकिस्तानका सायदासँग पराजित हुँदा स्वर्णबाट चुकिन्।
सोमबार करातेमा व्यक्तिग र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ। बुधबारसम्म चल्ने करातेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।