१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोबाट तेस्रो स्वर्ण जितेको छ।
पुम्सेको २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन्।
उनले श्रीलंकाकी खेलाडीलाई पछि पारिन्। श्रीलंकाकी रत्पातिपुराले ८.१४० अंक ल्याएर दोस्रो भइन्।
तेस्रो भएकी भारतकी हर्षा सिंहाले ८.०३० अंक प्राप्त गरिन्।
तेक्वान्दोको पुम्सेबाट नेपालले तेस्रो स्वर्ण जितेको हो।
यसअघि कमल श्रेष्ठ र सिना मादेन लिम्बुले पनि स्वर्ण जितेका थिए।