कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्।
अधिकारीले फाइनलमा श्रीलंकाका डन टुउलुलाई ८ - ० हराउँदै नकआउट पारिदिइन्।
५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८ - ० ले नकआउट गरिन्।
सोमबार कराँतेमा ९ स्वर्णको लागि भएको प्रतिष्पर्धा मध्ये ७ वटामा नेपालले स्वर्ण जितेको छ भने दुई वटा रजत जितेको छ। नेपालले कुमिते (फाइट) मा ५ र कातामा ३ स्वर्ण जितेको हो।
१३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेको उत्कृष्ट प्रदर्शनले नेपाललाई अङ्क तालिकामा शीर्ष स्थानमा राखेको छ।
नेपालका लागि मण्डेकाजी श्रेष्ठले व्यक्तिगत कातामा १३औं सागकै लागि पहिलो स्वर्ण दिलाए।