नेपालले तेक्वान्दोको पुम्से विधाको महिला १७-२३ वर्ष उमेश समूहमा स्वर्ण जितेको छ।
पुम्से विधामा नेपाललाई छैटौं स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना पहिलो भएका हुन्।
नेपाली टिमले ७.९८० अंक ल्याए। भारतीय टिमले ७.९७० अंक ल्याएर दोस्रो भयो। तेस्रो भएको बंगलादेशले ७.७६० अंक ल्यायो।
यो समेत गरी नेपालले १४ स्वर्ण पुर्याएको छ।