१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से विधा (कला प्रदर्शनी) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ।
पुम्सेको १३ वटा स्वर्ण मध्ये नेपालले ७ स्वर्ण जित्न सफल भएको छ। यस्तै नेपालले १ रजत र ३ कास्य पदक हात पारेको छ।
२ समूहमा भने नेपाली खेलाडी पदक जित्नबाट चुके।
नेपालले पुम्सेको अन्तिम पदकको रुपमा महिला २३ वर्ष माथिको टिमबाट स्वर्ण पदक हात पार्यो।
नेपाली टिमका निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले ७.९२० अंक ल्याए।
दोस्रो भएको श्रीलंकाले ७.८१० र तेस्रो बनेको पाकिस्तानले ७.५२० अंक प्राप्त गरे।
तेक्वान्दोमा नेपालले जितेका पदक
कमल श्रेष्ठ - २३ देखि २९ वर्ष - स्वर्ण
सिना मादेन लिम्बु- १७ देखि २३ वर्ष - स्वर्ण
पार्वती गुरुङ - २३ देखि २९ वर्ष - स्वर्ण
आयशा शाक्य - २९ वर्ष माथि - स्वर्ण
सञ्जिव कुमार ओझा र आयशा शाक्य - २९ वर्ष माथि - स्वर्ण
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना - १७ देखि २३ वर्ष- स्वर्ण
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राई - २३ वर्ष माथि - स्वर्ण
कमलबहादुर तामाङ - १७ देखि २३ वर्ष - रजत
अस्मिन राउत, सिना लिम्बु - १७ देखि २३ वर्ष - कास्य
जितबहादुर बोट र पर्वती गुरुङ - २३ देखि २९ वर्ष - कास्य
कमल श्रेष्ठ, जितबहादुर बोट र प्रमबहादुर लिम्बुु - २३ वर्ष माथि - कास्य