तेक्वान्दो २९ वर्ष माथि उमेर समूहको पुम्सेको प्रतिष्पर्धाको मेडल वितरणमा विवाद भएको छ। विवादपछि मेडल वितरण रोकिएको छ।
२९ वर्ष माथि उमेर समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण जितेकी छिन्।
तर विवाद भने कास्य पदकका लागि भएको हो।
मेडल वितरण समारोहमा आयोजकले कास्यका लागि पाकिस्तान र बंगलादेशको नाम बोलाएका थिए। लगत्तै कास्य विजेतालाई अतिथी ललितपुर महनगरपालिकाका मेयर चिरिबुबा महर्जनले दुई खेलाडीले मेडल लगाइदिए।
तर अङ्क तालिकामा श्रीलङ्का र पाकिस्तानले कास्य पाउनुपर्ने थियो । खेलका दौरान सार्वजनिक गरिएको अंकका बंगलादेश पुछारमा थियो भने त्यसपछि पाकिस्तान र श्रीलङ्का थियो। तर अफिसियलहरुले रिजल्ट घोषणा गर्दा बंगलादेशलाई समावेश गरे।
अफिसियलहरुले पाकिस्तान र बंगलादेश मध्ये कसले कास्य पाउने भन्ने टुङ्गो गर्न नसक्दा मेडल वितरण प्रभावित भएको हो। लगत्तै खेलाडीलाई लगाएको मेडल मेडल फिर्ता गरिएको हो। श्रीलङ्का प्रतिष्पर्धामा तेश्रो भएको थियो ।
प्रतिष्पर्धामा भारतले रजत जितेको छ भने नेपालले स्वर्ण जितेको छ। विवादपछि २९ वर्ष माथिको उमेर समूहको मेडल वितरण रोकिएको छ।