१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले राम्रो सुरुवात गरेको छ। आसा गरिएका तेक्वान्दो र करातेबाट नेपालले पहिलो दिनको प्रतिस्पर्धामा समान ७–७ स्वर्ण जित्न सफल भयो। यस्तै ट्रायथलनमा पनि नेपालले एक स्वर्ण हात पारे।
नेपालका लागि दुई खेलाडीले भने २–२ स्वर्ण जितेका छन्।
करातेका मण्डेकाजी श्रेष्ठले २ स्वर्ण जितेका छन्। उनले व्यक्तिगत कातामा जितेको स्वर्ण नेपालका लागि पहिलो स्वर्ण बन्यो। उनले पाकिस्तानका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका थिए। यस्तै मण्डे सम्मिलिन नेपाली टिमले कातामा पनि स्वर्ण जित्यो। मण्डे रहेको नेपाली टिममा महशुस तामाङ र प्रविण कार्की समावेश थिए।
३५ वर्षीय मण्डेको खेल करिअरमा यो पहिलो मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
यता तेक्वान्दोबाट पनि आयशा शक्याले २ स्वर्ण जितिन्। उनले पुम्सेको २९ वर्षमाथि तौल समूहमा स्वर्ण जितिन्। यस्तै उनले सञ्जिवकुमार ओझासँगको जोडी पुम्सेमा पनि अर्को स्वर्ण जितिन्।
आयशाको यो सागमा दोस्रो स्वर्ण हुन्। यसअघि उनले एघारौं सागमा पनि स्वर्ण जितेकी थिइन्। दशौं र १२औं सागमा भने उनी रजतमा सीमित बन्न पुगेकी थिइन्।