१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबारदेखि एथ्लेटिक्सको प्रतिस्पर्धा सुरु हुनेछ।
एथ्लेटिक्सको महिला र पुरुषको १५ सय मिटरको फाइनल हुनेछ। यस्तै सटपुटमा महिला र पुरुषको स्वर्णका लागि भिडन्त हुनेछ।
यसैगरी सय मिटरको महिला र पुरुषको हिट, ४ सय मिटरको हिट पनि मंगलबार नै हुनेछ।
पुरुष क्रिकेटमा विहान ११ बजे नेपाल र श्रीलंकाबीच खेल हुनेछ।
यसैगरी नेपाल र भुटानबीच दशरथ रंगशालामा दिउँसो १ बजे फुटबल खेल हुनेछ।
करातेमा मंगलबार ६ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
यस्तै गल्फमा पहिलो राउन्डको खेल सुरु हुनेछ।
मंगलबारदेखि सुटिङको पनि खेल हुनेछ।
तेक्वान्दोको फाइटको ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
टेनिसको टिम इभेन्टको सेमिफाइनल हुनेछ। यस्तै टेवलटेनिसमा पनि मंगलबार प्रतिस्पर्धा जारी रहनेछ।
यस्तै महिला भलिबलको उपाधिका लागि दिउँसो २ बजे त्रिपुरेश्वरको कबर्ड हलमा नेपाल र भारतबीच खेल हुनेछ।
उसुको प्रतिस्पर्धा पनि मंगलबार सुरु हुनेछ।