१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको फाइटमा नविन रसाईलीले नेपाललाई स्वर्ण दिलाएका छन्। मंगलबार भएको प्रतिस्पर्धामा उनले ६७ केजी तौल समूहमा पाकिस्तानका अमेद नसिरलाई ८-६ अंकले पराजित गर्दै स्वर्ण सुनिश्चित गरे।
उनले समूह चरणमा बंगलादेशका मोहमदमाथि ८-२ अंकको सहज जित निकाल्दै फाइनलको यात्रा पक्का गरेका हुन्।
योसँगै नेपालले करातेमा स्वर्ण संख्या ८ पुर्याएको छ। सोमबार करातेको ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको थियो।
नेपालले कातामा ४ मध्ये ३ र फाइटमा ५ मध्ये ४ स्वर्ण आफ्नो पोल्टामा पारेको थियो।
मंगलबार ६० केजी तौल समूहमा भएको फहिलो खेलमा नेपालका राजिव पूडासैनी बंगलादेशका मोहमदसँग सेमिफाइनमा पराजित भए।
मंगलबार करातेको फाइट विधामा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ।
१३औं सागमा नेपालले आफ्नो स्वर्ण संख्या १८ पुर्याएको छ। जसमा करातेबाट ८, तेक्वान्दोबाट ७ र ट्राइथोलनबाट १ र उसुबाट २ स्वर्ण छन्।