१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलङ्कालाई १ - ० ले पराजित गरेको छ।
नेपालका लागि सारा लिम्बुले ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएकी हुन्।
महिला फुटबलमा पाँच देश सहभागि छन्। पोखरामा जारी प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुनेछ। अन्तिम दुई टोलीबीच फाइलन प्रतिष्पर्धा हुनेछ। नेपालले अब अर्को खेल माल्दिभ्स विरुद्ध खेल्नेछ।
महिला फुटबलले नेपालका लागि स्वर्ण जित्ने आशा व्यक्त गरिएको छ।