दिपेन्द्रसिंह ऐरी चम्किएपछि दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले श्रीलङ्कालाई १७३ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका पारस खड्का एक रनमै र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिएपछि ब्याटिङको जिम्मा ऐरीले लिएका थिए। अविजित (नटआउट) ७२ रन हान्दै दीपेन्द्रले २०-२० नेपालको स्कोर १७२ रन पुर्याएका हुन्।
ऐरीले ४४ बलमा ४ चौका र ६ छक्का हाने। नेपालका लागि पवन सराफले २२, विनोद भण्डारीले २१ र आरिफ सेफले १९ रन बनाएका थिए।
जवाफी ब्याटिङ गरिरहेको श्रीलंकाले १२ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको छ। नेपालका लागि सोमपाल कामी, पवन सराफ र सुशन भारीले १/१ विकेट लिएका छन्।