१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार करातेको फाइटमा नेपालले ६ मध्ये २ स्वर्ण जितेको छ। अन्तिम खेलमा सुनिता महर्जनले ६८ केजी तौल समूहमा नेपाललाई आज दोस्रो स्वर्ण दिलाइन्।
उनले फाइनलमा पाकिस्तानकी कुलसुनलाई ८-२ अंकले पराजित गरिन्। समुह चरणमा बंगलादेशकी मोरियम खातुनमाथि १०-२ को सहज जित निकाल्दै सुनिताले फाइनलको यात्रा पक्का गरेकी हुन्।
आजै करातेको ६७ केजी तौल समूहमा नबिन रसाईलीले स्वर्ण जितेका थिए।
सोमबारको प्रदर्शनको तुलनामा नेपालको आज खराब प्रदर्शन गर्यो। सोमबार नेपालले कराते फाइटमा ५ मध्ये ४ स्वर्ण र कातामा ४ मध्ये ३ स्वर्ण जितेको थियो। नेपालका लागि व्यक्तिगत कातामा चञ्चला दनुवार र फाइटमा दिवस श्रेष्ठ स्वर्ण चुम्नबाट चुकेका थिए।
मंगलबार पनि नेपालका गंगाराम कुशुवा र अनु गुरुङले रजतमै चित्त बुझाउनुपर्यो। नेपालका दुई खेलाडी भने पहिलो चरणबाटै आउट भए।
बंगलादेशले २ स्वर्ण जित्दा पाकिस्तानले एक स्वर्ण थप्यो।
१३औं सागमा नेपाललको स्वर्ण संख्या २१ पुगेको छ। जसमा करातेबाट २, तेक्वान्दोबाट ७, ट्राइथोलनबाट २, उसुबाट २ र एथलेटिक्सको दश हजार मिटरबाट १ स्वर्ण छन्।