१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोबाट अर्को स्वर्ण जितेको छ।
सोमबार ७ स्वर्ण जितेको नेपालका लागि मंगलबार काजल श्रेष्ठले फाइटको ४६ केजीमुनि तौल समूहबाट स्वर्ण जितेकी हुन्।
योसँगै नेपालको स्वर्ण संख्या २२ पुगेको छ।
उनले फाइनलमा पाकिस्तानकी सायद सिड्जा बटूललाई ५०-१४ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन्।
मंगलबार नेपालले तेक्वान्दोबाट थप स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछ। ५७ केजीमा निमा गुरुङ र ६८ केजीमा विरबहादुर महराले पाकिस्तानका खेलाडीसँग भिड्दैछन्।