१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको महिला ५७ केजी मुनी फाइटमा नेपालकी निमा गुरुङ स्वर्णबाट चुकेकी छिन्।
उनी भारतीय खेलाडीसँग ८-७ अंकले पराजित भइन्।
दोस्रो राउन्डसम्म ५-३ ले पछि रहेकी निमाले तेस्रो राउन्डमा निकै मिहिनेत गरिन्।
तर अन्तिम २२ सकेन्डमा १ अंकले पछि रहेकी निमाले त्यसपछि अंक जोड्न सकिनन् र रजतमा सीमित बन्न पुगिन्।
उनी गत सागमा पनि उनी रजतमा सीमित बनेकी थिइन्।