१३औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपालले महिला भलिबलमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ।
मंगलबार भएको फाइनल भिडन्तमा भारतसँग अन्तिम समयमा चुकेपछि नेपाल रजतमा सीमित बन्यो।
पहिलो सेट गुमाए पनि नेपालले दोस्रो र तेस्रो सेट जितेर अग्रता लिएको थियो। तर चौथो र पाँचौ सेटमा नेपाली टिम पछि पर्यो।
खेल हेर्न त्रिपुरेश्वरको कबर्डहलमा सयौंको संख्यामा दर्शक पुगेका थिए। खेलकुद मन्त्री जगतबहादुर विक लगायतका खेल पदाधिकारी पनि उपस्थिति थियो।
स्वर्ण नजिक पुगेर चुकेपछि नेपाली खेलाडी आँशु थाम्न सकेनन्। अधिकांस खेलाडी भावुक बनेपछि खेल पदाधिकारी आएर सम्हाल्नु परेको थियो।