उसु थाउलो अन्तर्गत ताइजिजान प्रतिष्पर्धामा विवाद भएको छ।
निर्णायकहरुले झेली गरेको भन्दै भारतीय अफिसियलले विरोध जनाएका हुन्। लगत्तै नेपालका खेलाडी हरिप्रसाद गोलेले पनि निर्णयप्रति असन्तुष्टि जनाउँदै धर्ना दिएका हुन्।
निर्णायकहरुले श्रीलङ्कालाई बढि अंक दिएर विजेता बनाएको भन्दै भारतीयले विरोध जनाएका थिए। प्रतिष्पर्धामा नेपाल हरिप्रसाद गोले र इण्डियाको ज्ञानदास सिंह सहभागी थिए। तर निर्णायकले श्रीलङ्काका खारिदुनमललाई विजेता घोषणा गरेका थिए।
लगत्तै नेपाली खेलाडी गोलले म्याटमा उत्रिएर धर्ना दिएका हुन्। नेपालले नै विरोध गरेपछि समर्थकहरुले पानीको बोतल म्याटमा फालेका थिए। उसुको थाउलो ताइजिजानमा भारतले राम्रो प्रदर्शन गरेको थियो। नेपालले पनि यो स्पर्धामा स्वर्णको आशा गरेको थियो ।
लगत्तै प्रहरीले विरोध गरिरहेका खेलाडीलाई हटाएको थियो ।