१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको फाइटमा अनुपमा मगरले स्वर्ण जितेकी छिन्। बुधबार भएको प्रतिस्पर्धामा उनले ६८ केजीमाथिको तौल समूहमा एसियाली खेलकुदको कास्य विजेता समेत रहेकी पाकिस्तानकी नार्गिसलाई ६-३ अंकले पराजित गर्दै स्वर्ण सुनिश्चित गरिन्।
नार्गिसले २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालकी रिता कार्कीलाई पराजित गर्दै कास्य जितेकी थिइन्।
अनुपमाले समूह चरणमा श्रीलंकाकी विजेकुन मोहमदमाथि ७-४ अंकको जित निकाल्दै फाइनलको यात्रा पक्का गरेका हुन्।
योसँगै नेपालले कराँतेमा स्वर्ण संख्या १० पुर्याएको छ।
बुधबार कराँतेको व्यक्तिगत फाइट र टीम फाइटमा गरी ४ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या २४ पुगेको छ।