साइक्लिङको डाउनहिल तर्फ नेपालले २ स्वर्ण जितेको छ। पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतरुफ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्।
डाउनहिलमा १ किलोमिटर दुरी पार गर्नुपर्छ। गोकर्णेश्वर स्थित सहिद पार्कमा भएको खेलमा बंगलादेश, भारत, श्रीलङ्का र पाकिस्तानका खेलाडी सहभागि थिए। गोकर्णेश्वर स्थित पार्कमा नै क्रस कन्ट्री प्रतियोगिता पनि हुदैँछ।