१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हालसम्म २७ वटा स्वर्ण जितको छ।
आज भएको उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्ड दीपक हमाल, साइक्लिङको डाउनहिलतर्फ राजेश मगर र निस्मा श्रेष्ठले स्वर्ण जितेसँगै नेपालले २७ स्वर्ण हात पारेको हो।
दीपकले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन्। बुधबार भएको नानकुनको प्रतिस्पर्धामा उनले ९.६२ अंक जोडे।
यसअघि उनले मंगलबार नान छ्वानमा उनले ९.७० अंक जोडेका थिए। समग्रमा उनले १९.३२ अंक जोडे।
पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्।
नेपालले अहिलेसम्म कराँतेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण, एथ्लेटिक्सबाट १ स्वर्ण र साइक्लिङबाट २ स्वर्ण जितेको छ।