साग फुटबलअन्तर्गत बुधबार साँझ श्रीलंकाविरूद्ध दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १ गोलको अग्रता लिएको छ।
नेपाली कप्तान सुजल श्रेष्ठ पेनाल्टीबाट ३६ औं मिनेटमा गोल हानेका हुन्। श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई डी बक्सभित्र हाइफल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।