१३ औं साग फुटबलअन्तर्गत बुधबार साँझ नेपाल र श्रीलंका बीचको खेल एक-एक गोलको बराबरीमा सकिएको छ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको ३६ औं मिनेटमा नेपालका कप्तान सुजल श्रेष्ठले गोल गरेका थिए।
श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई डी बक्सभित्र हाइफल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
त्यस्तै, श्रीलंका लागि मोहम्मद आतिबले चार मिनेट अतिरिक्त समयमा थप्दा ९१ मनेटमा गोल गरे।
बराबरीपछि पनि नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको चार अंक छ।
दोस्रो स्थानको भुटानको ३ अंक छ। श्रीलंका र माल्दिभ्सको २–२ अंक छ भने बंगलादेशको १ अंक छ।
सबै तस्बिरहरू : निशा भण्डारी